Monday, August 3

एकीकृत समाजवादीको सचिवालय वैठक भोलि शनिबार बस्ने

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय वैठक शनिबार बिहान बस्ने भएको छ।

Advertisement

शुक्रबार दिउँसो १ बजे तय गरिएको वैठक नेताहरुको व्यवस्तताका कारण वैठक भोलिका लागि सारिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभएको छ।

Advertisement
Advertisement

सचिव श्रेष्ठले भन्नुभयो, ‘नेताहरूको कार्यव्यस्तताका कारण आजको बैठक भोलि शनिबारलाई सारिएको हो, अरु केही कारण छैन। विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो।’

Advertisement

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने समय निर्वाचन आयोगले तोकेको छ।