Thursday, July 30

ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने दाबी : अध्यक्ष नेपालको

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको मति अझै नसप्रेकाले कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका छन् ।

Advertisement

‘अहिले पनि राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा प्रचण्डकहाँ गएर हामीलाई ६ सिट दिनुस्, कांग्रेसलाई नौ सिट दिनुस्, तपाई पाँच सिट लिनुस्, एकीकृत समाजवादीलाई जिरो सिट दिनुस् भने’, अध्यक्ष नेपालले ओलीको भनाई उधृत गर्दै थप भने, ‘हामीलाई जिरो सिट दिने रे !’

Advertisement
Advertisement

अध्यक्ष नेपालले अझै ओलीको मति नसप्रेको बताए । ‘अझैपनि उनको मति सप्रेको छैन । त्यसो हुनाले सबै कम्युनिस्ट मिलुन् भनेर चाहाना राखेरमात्र हुँदैन । मति पनि सप्रेको हुनुपर्‍यो । मति नै सप्रेको छैन भने केही गर्न सकिँदैन’, नेपालको भनाइ छ । उनले गलत प्रवृत्ति बोकेकासँग आफूहरू जुध्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर पार्टीलाई अघि बढाउने बताए ।

Advertisement

उनले वर्तमान सरकारका कामका बारेमा अनेकौँ गुनासा आइरहेकाले आफूहरूले पटकपटक ध्यानाकर्षपत्र बुझाएको भन्दै व्याप्त संकटको समाधानको सूत्र समेत जानकारी गराएको बताए । नेता नेपालले अहिलेको अवस्थामा अन्य विकल्प नभएकाले बेठीकलाई बेठीक भनेर अघि बढ्ने बताए ।