Saturday, May 16

गुरुनानक जयन्तीको विदा माग

नेपालअखबार, काठमाडाैं। गुरु नानक जयन्तीको लागि विदाको माग गर्दै जनमत पार्टीले  प्रधानमन्त्री पुष्पकमल दहाललाई  ज्ञापन-पत्र बुझाएकाे छ ।  सिख समूदाय नेपालमा अल्पसंख्यका रूपमा रहेका छन् ।  नेपालको निर्माण तथा विकासमा अहम् भूमिका निर्वाह गरेका सिख समुदाय अल्पसंख्यक समुदाय भएको हुनाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था नेता हरपालले माग गरेका छन् ।

सिखहरूको माहण धार्मिक चाडपर्व श्री गुरूनानक जयन्तीको अवसरमा सरकारी विदाको घोषणा गरिदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।

Advertisement