Wednesday, June 3

माघी पर्वले परम्परागत मौलिक संस्कृतिको संरक्षण गर्छ: सम्मानित नेता खनाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली चाँडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्याएको बताउनु भएको छ।

माघी पर्व (मकर संक्रान्ति) का अवसरमा सम्मानित नेता खनालले उक्त कुरा बताउनु भएको हो। सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘मकर संक्रान्ति तथा माघी पर्व २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’

Advertisement

सम्मानित नेता खनालले अगाडि भन्नुभएको छ, ‘नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाड पर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै मौलिक परम्पराअनुसार बिभिन्न पर्बहरु मनाउँदै आएका छन्। मकर संक्रान्ति तथा माघी पर्वपनि  हिमाल, पहाड र तराईमा बस्ने बिभिन्न जातजातिका समुदायले आफ्नै मौलिक रिति र परम्परागतअनुसार मनाउँदै आएको एउटा महत्वपूर्ण साझा पर्व हो। यो पर्व उधौली र उभौलीको सीमा पनि हो। यसरी मनाइने चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण हुनेछ र एकआपसमा भातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने। अन्त्यमा, पुनः एकपटक मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पुर्णमा म हार्दिक शुभकामना व्यक्त गर्दछु।’