Thursday, July 30

अरुण चौधरीसहित ३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार, काठमाडाैं । बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Advertisement

सरकारी जग्गा निजी बनाएको मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाद रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत बुधबार पक्राउ गरेको थियो।

Advertisement
Advertisement

उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यसमक्ष पेस गरिएको हो।

Advertisement

आचार्यको इजलासले उनीहरूलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्‍थीले जानकारी दिए।

त्यसअघि बुधबार अदालतमा पेस गर्दा अदालतले चार दिनको अनुमति दिएको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको हो।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाद रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनीमात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजेको बताएका थिए।

जग्गा हडप्नको लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको सिआइबीले बताएको छ।