Friday, July 17

रौतहटबाट काठमाडौं आउँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्कियो

नेपालअखबार, चितवन ।  चितवनमा बस दुर्घटना हुँद २० जना घाइते भएका छन्।

Advertisement

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।

Advertisement
Advertisement

घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए।

Advertisement

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए।