Wednesday, July 29

जबरजस्तीकरणी मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला

नेपालअखबार, तनहुँ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ।

Advertisement

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका–७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो।

Advertisement
Advertisement

साथै निजविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

Advertisement

उनीविरूद्ध २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो।

यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो। सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ।