Thursday, July 30

३४ किलो चरेससहित २ जना भारतीय नागरिक पक्राउ

नेपालअखबार, बारा। बारा प्रहरीले ३४ किलो चरेससहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Advertisement

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज स्थित हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा चरेस फेला पारेको हो।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी इन्स्पेक्टर विरेन्द्रराज गुरूङका अनुसार गाडीको पछाडिको भागमा बक्स बनाइ सोही बक्समा लुकाइछिपाइ राखेको अवस्थामा ३४ किलो चरेस बरामद भएको हो।

Advertisement

प्रहरीले कारमा सवार भारत उत्तरप्रदेशको बरेध जिल्ला दिपाद कोतवाद बस्ने ४२ वर्षीय साफिर अली र ४४ वर्षीय मोहमद अबजाललाई पक्राउ गरेको छ।

बुधबार पक्राउ परेका उनीहरूलाई लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर गुरूङले जानकारी दिए।