Tuesday, July 7

मिटरब्याजपीडितका माग पूरा गर्न सरकारसँग वरिष्ठ नेता खनालको माग

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समानवादी) का वरिष्ठ  नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडितहरूका माग पूरा गर्न सरकारसँग माग गर्नु भएको छ।

Advertisement

आइतबार विगत २७ दिनदेखि मार्चपास गरेर काठमाडौँ आइपुगेका मिटरब्याजपीडितहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउने क्रममा नेता खनालले उक्त माग गर्नु भएको हो।

Advertisement
Advertisement

प्रदर्शनिमार्ग स्थीत भृकुटिमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले भन्नुभयो, ‘हाम्रो पार्टी तपाईंहरूसँग छ। तपाईंहरूको आन्दोलन न्यायपूर्ण संघर्ष हो।’

Advertisement

सम्मानित नेता खनालले अगाडि भन्नुभयो, ‘यस संघर्षको दौरानमा हाम्रो साथ छ। मिटरब्याज, पीडित किसानहरूका माग पूरा नगर्ने सरकारको कुनै काम हुँदैन। किसान र मिटरब्याजपीडितहरूका मागलाई प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्छ।’