Saturday, July 11

८ वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं। मंगलबार आठ वटा संसदीय समितिको बैठक बस्दै छ।

Advertisement

अर्थ समितिको बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

सिंहदरबारमा बस्ने समितिको बैठकमा आन्तरिक छलफल हुनेछ।

Advertisement

दिउँसो २ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ।

बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता प्रवर्द्धनमा आयोगले खेलेको भूमिकाबारे छलफल हुनेछ।

बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ। समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।

यसैगरी बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसद्को भूमिका विषयमा अन्तरक्रियात्मक छलफल हुनेछ।

बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको पहिचान, आवास र भूमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोवास गर्दै आएकालाई स्थानान्तरण  लगायतका विषयको सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।