Friday, July 3

अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई काठमाडौं महानगरले १०/१० लाख अनुदान दिने

नेपालअखबार,काठमाडौँ । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको राजपुर गाउँपालिका र दाङ जिल्लाको इस्मा गाउँपालिकालाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

Advertisement
Advertisement

यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ।

Advertisement

महानगरपालिकाले यसअघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।