Tuesday, July 7

वनमा डढेलो सल्काउने दुई जना पक्राउ

नेपालअखबार,ओखलढुंगा। वनमा आगो लगाएको अभियोगमा ओखलढुंगामा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ बर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।  ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई  हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ।

Advertisement
Advertisement

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए। गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको थियो।

Advertisement