Saturday, May 23

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा  बिहान ११ बजे  बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।  एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको  छ। यस्तै, केन्द्रीय कमिटी बैठक वैैशाख ३१ र जेठ १ गते बस्ने एकीकृत समाजवादीले जनाएको छ । यसको तयारीका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

Advertisement