Sunday, July 26

आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा सञ्चालित शिक्षण संस्थाहरू र अस्पताल तथा सोमा आबद्ध शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूमा स्वास्थ्य सेवा नियमित गर्न र कानुन बमोजिम कार्य मात्र गर्न सचेत गराएको छ ।

Advertisement

महानगरले आज एम सूचना जारी गर्दै  शिक्षण संस्थाहरूमा आबद्ध अस्पतालहरूमा स्वास्थ्य सेवा प्राप्त गर्न जाँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू एवं कर्मचारीहरू उपलब्ध नहुने गरेको, सो समयमा अन्यत्र काम गर्ने गरेको, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई स्क्यान जस्ता सेवाहरूका लागि महिनौँसम्म कुर्नुपर्ने भनी सर्वसाधारणहरूको गुनासाहरू आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement
Advertisement

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ३७ (क) मा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहितामा “आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने” भन्ने बाध्यात्मक व्यवस्था भएको भन्दै यसको पालना गर्न महानगरले निर्देशन दिएको छ ।

Advertisement

उक्त कानुनी व्यवस्था बमोजिम सर्वसाधारणहरूले अस्पतालहरूबाट सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेमा वा विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन भएको देखिएमा अनुगमन तथा नियमनको माध्यमबाट प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

katm