
नेपालअखबार ,पोखरा । अविरल वर्षापछि हिलो र लेदो झर्दा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका ५ शीतल गुफा नजिकै हिलो र लेदो झरेको प्रहरीले जनाएको छ ।
यस्तै, बेनी जोमसोम सडक पनि रोकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका बैसेरीमा पहिरो आएर सडक रोकिएको हो ।
बेनी दरवाङ सडकमा पनि पहिरोले ठप्प भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबै ठाउँमा प्रहरी खटाएर सडक खुलाउने प्रयास गरिएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।

