Monday, November 3

राष्ट्रपतिले गरे तीन वटा विधेयक प्रमाणीकरण

नेपालअखबार,काठमाडौँ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

Advertisement

राष्ट्रपति कार्यालय शितल निवासमा उनले आर्थिक विधेयक-२०८१, राष्ट्र ऋण उठाउने विधेयक-२०८१ र भन्सार महसुल विधेयक-२०८१ प्रमाणीकरण गरेका हुन्।

Advertisement

राष्ट्रपतिले ती विधेयक संविधानको धारा ११३ उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।