Tuesday, August 18

राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दल मिलेर सरकार बनायौं: शंकर पोखरेल

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन्।

Advertisement

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु रहेको उल्लेख गरे।

Advertisement
Advertisement

‘समीमकरणको मूल उद्देश्य मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी मुलुकलाई स्थायित्व प्रदान गर्ने संकल्प हो,’ उनले भने।

Advertisement

महासचिव पोखरेलले नयाँ सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरुलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिना धितो कर्जा लिने व्यवस्था गरिएको पनि जानकारी दिए।

उनले एमालेलाई निर्णायक शक्तिका रुपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको जानकारी पनि दिए।

महासचिव पोखरेलले आगामी निर्वाचनमा कांग्रेस–एमाले दुवै दल एक्लाएक्लै लड्ने बताए।

उनले सत्ताबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

महासचिव पोखरेलले अध्यक्ष प्रचण्डलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न  आग्रह समेत गरे।

त्यस्तै  समानुपातिक समावेशीतालाई सुरक्षित राखेर मुलुकलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने महासचिव पोखरेलले बताए।