Sunday, July 26

४९२ जना कैदीबन्दीलाई संविधान दिवसमा रिहा गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । कारागार व्यवस्थापन विभागले संविधान दिवसको दिन कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वेजनिक गरेको छ। असोज ३ गते संविधान दिवस मनाइन्छ। विभागले चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा गर्न सूची सार्वजनिक गरेको हो।

Advertisement

५० प्रतिशत कैद भुक्तान गरेका चार सय १९ जना, दुई जना जेष्ठ नागरिक र ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी जम्मा कूल चार सय ९२ जना कैदीबन्दीको कैदकट्टा सिफारिस गर्न सूचना प्रकाशन भएको छ।

Advertisement
Advertisement

सिफारिस भएका कैदीबन्दीको कैदकट्टा सिफारिसविरूद्ध कुनै उजुरी र गुनासो भएमा सात दिनभित्र तथ्य प्रमाणसहित विभागमा उपस्थित हुन सूचनामा भनिएको छ।

Advertisement

यसअघि गत असार ९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सूचना जारी गरेको थियो। असार २८ गते प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका थिएनन्। असार ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका थिए।

त्यतिबेला ५० प्रतिशत कैद भुक्तान गरेका पाँच सय ८६ जना, जेष्ठ नागरिक ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी जम्मा छ सय २० जनालाई कैद भुक्तान गर्ने सात दिने सूचना निकालिएको थियो। दुवै सूचीको सूचनामा विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्। महानिर्देशक जयनारायण आचार्यका अनुसार वर्षमा चार पटक कैदकट्टा गरी कैदीबन्दीहरू छुट्ने गरेका छन्।

यसअघि जेठ १५ मा गणतन्त्र दिवसका दिनमा कैदकट्टा गरी छाड्नुपर्ने भए पनि त्यतिबेला कैदीबन्दीहरू छुटेनन्।

‘असारमा जारी भएको र अहिलेको एकैचोटी गर्ने भनेर हामीले पारदर्शीताका लागि सार्वजनिक गरेका हौं,’ उनले भने, ‘कुनै गुनासो वा उजुरी रहेछ भने विभागमा सम्पर्क गर्न सकिन्छ भनेर गरिएको हो।’

गणतन्त्र दिवसको दिन छुट्न सिफारिस भएका छ सय २० जना र संविधान दिवसको दिनका लागि चार सय ९२ जना गरी जम्मा एक हजार एक सय १२ जनालाई छाड्ने विभागको तयारी छ।

गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र दसैं-तिहारको बेलामा कैदीबन्दीहरू छाड्ने गरिएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा केही संशोधन गर्नुपर्ने भएकोले गणतन्त्र दिवसका बेला कैदीबन्दी छुटेका थिएनन्। मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस पठाइसकेपछि संविधान दिवसका दिन एकैपटक एक हजारभन्दा बढी कैदीबन्दीहरू छुट्न लागेका हुन्।

सूची: