
नेपालअखबार,काठमाडौं । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ। प्रधानमन्त्री शहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाएका प्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन्।
पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ।
Deeply saddened by the loss of precious lives due to devastating floods in Nepal. Our heart goes out to @kpsharmaoli and the people of Nepal at this difficult time. Having suffered calamitous floods ourselves in 2022, Pakistan stands in full solidarity with Nepal and is ready to…
— Shehbaz Sharif (@CMShehbaz) September 29, 2024

