Saturday, July 11

समाजवादी प्रेस सङ्गठनले सीधा कुराका सञ्चारकर्मीलाई सर्वोच्चले तोकेको सजाय सर्वोच्च अदालतले पुनरावलोकन गर्न माग

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले सम्मानित सर्वोच्च अनलाइन न्युज पोर्टल सीधा कुराका पत्रकार तथा प्रकाशकलाई सर्वोच्च अदालतले तोकेको कैद सजाय त्रुटिपूर्ण भन्दै पुनरावलोकन गर्न माग गरेको छ ।

Advertisement

अध्यक्ष विश्वमणि सुवेदीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त न्युज पोर्टलका कार्यकारी सम्पादक नवीन ढुङ्गाना, प्रकाशक युवराज कँडेल एवं र सूचनादाता राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकेको विषयमा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सजाय पुनरावलोकनको माग गरेका हुन् ।

Advertisement
Advertisement

‘हामी सर्वोच्च अदालतलाई आफ्नो त्रुटिपूर्ण आदेश पुनरावलोकन गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । सुवेदीले नक्कली अडियो उत्पादक व्यक्तिमाथि हदैसम्मको दण्ड हुनुपर्ने कुरामा विमति नरहेको तर, पत्रकार आचारसंहिताको अनुगमन गर्न राज्यले स्थापना गरेको निकायलाई समेत नजरअन्दाज गर्दै सिधै सर्वोच्च अदालतले पत्रकारलाई कैद एवं जरिवाना गर्ने कुरा विधिसंगत नभएको जनाएका छन् ।

Advertisement

‘संविधानको प्रस्तावनाले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्दै पत्रकारहरूलाई समाचार लेखेकै कारण गरिएको यो कैदको हामी भर्त्सना गर्दछौँ’,अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘त्यसमाथि ‘माफी मागेमा सात दिनसम्म सजाय हुने’ जस्तो शब्द प्रयोग गरी तल्लोस्तरको मोलमालाईमा अदालत उत्रिनु हाम्रो कल्पनाभन्दा बाहिरको विषय हो ।’