Saturday, July 11

बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता

नेपालअखबार,काठमाडौँ । बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्।

Advertisement

बिहीबार रातिदेखि शनिबारसम्म परेको वर्षाले आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।

Advertisement
Advertisement

प्रहरीको तथ्यांकअनुसार उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५, लुम्बिनीमा २ जनाले विपद्मा ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्।

Advertisement

घाइते हुनेमा उपत्यकामा २४, कोशीमा १३, मधेसमा ८, उपत्यका बाहेक बागमतीमा ८५ छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, उपत्यकाबाट २ हजार १ सय ५५ जना, कोशीबाट २९०, बाग्मतीबाट ७४५, गण्डकीबाट ९९७ गरी ४ हजार २ सय २२ जनालाई उद्धार गरिएको छ। अहिले पनि बेपत्ता भएकाहरूको खोजिरहेको प्रहरीले बताएको छ।