Tuesday, July 28

विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

Advertisement

माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्तिबहादुर बस्नेत, रास्वपा नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपा नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका नेता तिलक थापा मगरले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

Advertisement
Advertisement

सरकारका कामकारबाहीप्रति प्रतिपक्षी दलका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सरकारबाट भएका कमीकमजोरीबारे प्रतिपक्ष दलहरूले राष्ट्रपति पौडेललाई जानकारी दिएका हुन्। उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि ध्यानाकर्षण पत्र बुझाएका थिए।

Advertisement