Sunday, July 26

प्रतिदिन १० लाख डलर पुरस्कार दिने मस्कको योजनाविरुद्ध ​​सरकारको चेतावनीसहितको पत्र

नेपालअखबार,वासिङ्टन । अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनीसहितको पत्र पठाएको छ। विभागले ट्रम्पको समर्थनमा रहेको मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

Advertisement

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा भनिएको छ । विभागले पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।

Advertisement
Advertisement

मस्कको अभियानले अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरेको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन उक्त याचिकामा हस्ताक्षर गर्ने एक व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ।

Advertisement

केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए। अक्टोबर १९ मा, चिट्ठाको पहिलो चेक पेन्सिलभेनियामा आयोजित एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।