Wednesday, July 29

ताेक्यो निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा

नेपालअखबार,काठमाडौं  । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ।

Advertisement

मंसिर १६ गते ३९ स्थानीय तहमा विभिन्न पदमा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले उम्मेदवारले गर्न पाउने खर्च हद निर्धारण गरेको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए।

Advertisement
Advertisement

महानगरपालिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन्।

Advertisement

उपमहानगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५ लाख ५० हजार रुपैयाँ, नगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

महानगरका वडाध्यक्ष उम्मेदवारले तीन लाख, उपमहानगर वडाध्यक्ष पदका दुई लाख ५० हजार, नगरपालिका वडाध्यक्षले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले एक लाख ५० रुपैयाँसम्म खर्च गर्न सक्ने हद निर्धारण गरिएको छ।