
नेपालअखबार, पोखरा । पोखराबाट जुवातास खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १६ अमरदीपमा गौमाया गुरुङले आफ्नै घरमा जुवा खेलाएकी प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले छापा हान्दा १ लाख १२ हजार नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट २ सय १२ पत्ति तास समेत बरामद भएको छ ।
पक्राउ पर्नेमा गौमायासहित स्थानीय कृष्ण गुरुङ, पोखरा ८ का गौमान गुरुङ, दीपकै जुनिता भट्टचन, पोखरा ८ की रुपा गुरुङ, पोखरा १३ का हेमजार गुरुङ र पोखरा २७ का बुद्धि बहादुर गुरुङ छन् । उनीहरूलाई १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

