Thursday, July 30

लहलहाएको तरकारी बालीमा झुसिल्किराको प्रकोप

नेपालअखबार,पाल्पा । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन्।

Advertisement

रामपुर नगरपालिका–६ प्याक्लुककी राधिका बस्यालले काउलीमा झुसिल्किराको प्रकोपले सताएको दुखेसो गरिन्।

Advertisement
Advertisement

‘काउलीका बोट फस्टाएका छन् तर कीराका प्रकोपले फूल लाग्न पाएका छैनन्।कीरा मार्ने प्रयास जारी रहे पनि त्यसमा सफल भएका छैनौँ,’ उनले भनिन्।

Advertisement

यसैगरी, रामपुर–५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिल्किराले आक्रमण गरेको छ। व्यावसायिक उत्पादनमा लागेकी उनी पनि कीराले पिरोलिएकी छन्।

‘बोट सप्रेका छन्, कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता छ,’ उनले भनिन्।

झुसिल्किराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ।

पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उनले बताए। ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उनले बताए।