Sunday, July 5

वीरगन्जको सुख्खा बन्दरगाह भन्सारमा राजस्व संकलनमा कमी

नेपालअखबार,वीरगञ्ज। वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व संकलन गरेको छ।

Advertisement

कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२.९४ प्रतिशत राजस्व संकलन गरेको हो।

Advertisement
Advertisement

सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको पाँच महिनामा राजस्व संकलनमा कमी आएको जानकारी दिए।

Advertisement

कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व संकलन पनि प्रभावित भएको छ।

चालु आवको साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड र कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ। यस्तै, मंसिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व संकलन भएको छ।

कार्यालयले गत आवको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व संकलन गरेको थियो।