
नेपालअखबार,काठमाडौं । भारतको ओडिसा राज्यमा रहस्यमय निधन भएकी प्रकृति लम्साल प्रकरणमा छानबिन अघि बढाउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।
स्थायी कमिटी बैठकले लम्साल मृत्यु प्रकरणको छानबिन अगाडि बढाउन सरकारसँग माग गरेको हो ।बैठकले त्यहाँ रहेका अरु विद्यार्थीको सुरक्षाका निम्ति कूटनीतिक पहल लिन पनि माग गरेको छ ।

