Thursday, July 30

नेपाली कांग्रेसले प्रदेशस्तरीय अभियान आयोजना गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले पार्टीले गरेका कामबारे जानकारी दिन सातै प्रदेशमा प्रदेशस्तरीय अभियान आयोजना गर्ने भएको छ ।  कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन बहादुर बिश्वकर्माले विज्ञप्ति जारी गर्दै सातैवटा प्रदेशका राजधानीमा “राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान” भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान आयोजना गरिएको जनाएका हुन् ।

Advertisement

कांग्रेसले फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रममा नेपाली कांगेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका माननीय सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू र प्रेस युनियन लगायत विभिन्न सञ्चार कर्ममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहनेछ भने यसमा दुई वटा कार्यपत्र प्रस्तुत हुने छ ।’

Advertisement

कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले जनाएको छ ।