
नेपालअखबार,वीरगन्ज । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज साँझ ६.३० देखि भोलि आइतबार दिनको १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।


