Thursday, July 9

बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

नेपालअखबार,मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ। आइतबार एक कार्यक्रमका बिच आयोग मकवानपुरले बकैया–७ भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बोसवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराएको हो ।

Advertisement

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको उपस्थितिमा जग्गा धनी पुर्जा वितरण गरिएको हो । पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले पहिलो पटक मकवानपुरमा जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको हो ।

Advertisement
Advertisement

बकैया गाउँपालिकासँगको समन्वयमा ४० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र १९ अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गरिएको आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।

Advertisement

आयोग मकवानपुरले वडाले प्रविष्ट गरेको विवरण माथि छानबिन गरी भूमिहीन नागरिकहरूलाई पुर्जा वितरणको गरिएको उनले बताए । उनका अनुसार  आवास र कृषि प्रयोजनका लागि भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बोसवासीलाई जग्गा धनी पुर्जा उपलब्ध गराएको उनको भनाई छ ।

अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले बकैया७ का भूमिहीन सुकुम्वासीलाई न्यूनतम २ धुरदेखि अधिकतम ५ कट्ठा सम्म जग्गा उपलब्ध गराएको उनले बताए ।