Saturday, April 18

कञ्चनपुरमा जलेको अवस्थामा शव फेला

नेपालअखबार,काठमाडौँ । कञ्चनपुरमा एक जनाको शव फेला परेको छ।

मंगलबार बिहान बेलौरी नगरपालिका-११ शिवनगरस्थित बारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

Advertisement

उनका अनुसार मोटरसाइकल र शव जलेको अवस्थामा फेला परेको हो।

मृतक हरिकृष्ण राना नाम गरेका व्यक्ति छन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।