Tuesday, December 9

सिंहदरबारभित्र मेलम्ची पानी जडान गरिने

नेपालअखबार, काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गरिने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय/निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।यसअघि सिंहदरबारभित्र उद्घाटन क्रममा खोलिएका धारामा समेत मेलम्ची पानी आउँदैन ।

Advertisement