Sunday, July 5

इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो

नेपालअखबार,तेहरान । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद रेजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या कम्तीमा २८ पुगेको छ भने ८०० जना घाइते भएका छन्।

Advertisement

यो ठुलो विस्फोटपछि इरानी प्रशासनले तीन दिनको शोक घोषणा गरेको छ। यो विस्फोट शनिबार बिहान भएको थियो।

Advertisement
Advertisement

विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए। विस्फोटबाट भएको ठुलो आगो अहिले नियन्त्रणमा आएको छ।

Advertisement

यस क्षेत्रका सबै स्थानीय विद्यालय र कार्यालयहरू बन्द छन्। सहरका बासिन्दाहरूलाई घर भित्रै बस्न वा सुरक्षात्मक मास्क लगाउन निर्देशन दिइएको छ।

विस्फोटको कारणको बारेमा अनुसन्धान जारी छ। यो विस्फोट लापरबाहीपूर्वक भण्डारण गरिएका रसायनहरूका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ।