Saturday, July 18

पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्‍यो २४ विमानस्थल

नेपालअखबार,काठमाडौँ ।  भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ।

Advertisement

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।

Advertisement
Advertisement

बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन्।

Advertisement

पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।

पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए। पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ।

भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेको उल्लेख छ। पश्चिमी र उत्तरी भारतमा पाकिस्तानले प्रहार गरेका कयौं ‘टार्गेट’ निष्क्रिय पारेको भारतले बताएको छ।पाकिस्तानले भारत नियन्त्रित कश्मिरमा ४० देखि ५० जना भारतीय सेना मारेको पनि दाबी गरेको छ।

‘हामीले उनीहरूको सैनिक इलाकामा विस्फोट गरेका छौं,’ पाकिस्तानको सञ्चार मन्त्री अतुल्लाह तरारले स्काइ न्युजसँग भनेका छन्।

बुधबार भारतले अपरेसन सिन्दुरको नाममा पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको थियो। पाकिस्ताले त्यसको जबाफ दिने बताउँदै आएको छ।

बन्द गरिएका विमानस्थलहरू अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरू छन्। विमानस्थल बन्द गरिँदा भारतका एयरलाइन्स कम्पनीहरूले ठूलो घाटा ब्यहोर्नुपरेको भनेर हिन्दुस्तान टाइम्समले लेखेको छ।

कहाँ कहाँ बन्द गरियो विमानस्थल? 

१. चण्डीगढ

२. श्रीनगर

३. अमृतसर

४. लुधियाना

५. भुन्टर

६. किशनगढ

७. पटियाला

८. शिमला

९. कांगडा-गग्गल

१०. बठिण्डा

११. जैसलमेर

१२. जोधपुर

१३. बीकानेर

१४. हलवारा

१५. पठानकोट

१६. जम्मू

१७. लेह

१८. मुन्द्रा

१९. जामनगर

२०. हिरासा (राजकोट)

२१. पोरबन्दर

२२. केशोद

२३. काण्डला

२४. भुज