Saturday, November 1

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

नेपालअखबार,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

Advertisement

प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

Advertisement

त्यसपछि सभामुखले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुख देवराज घिमिरले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।

आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् ।

आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।