Tuesday, July 28

अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

नेपालअखबार,बुटवल । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ  मन्त्री  विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो।

Advertisement

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक  पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

Advertisement
Advertisement

उनले यातायात क्षेत्रका विभिन्न समस्याहरूलाई आगामी आर्थिक वर्षमा समाधान गर्न आग्रह गर्दे विभिन्न ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको बताए।

Advertisement

उनले यातायात क्षेत्रका कम्पनीहरू विशुद्ध व्यवसायमुलक भएको हुँदा कम्पनी दर्ता गर्ने र अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दे उक्त सम्बन्धी केही समय अगाडी अदालतले समेत आदेश दिएको पनि उल्लेख गरेको बताए ।

कम्पनी ऐन केही दफाहरूले व्यवयासीहरुलाई अप्ठ्यारो भएकाले अव यातायात क्षेत्रको हकमा लागु गरेर शेयर धनी सङ्ख्याको सीमा नहुने गरी सम्पूर्ण आउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउन, तेस्रो पक्ष दुर्घटना बिमा सम्बोधन गर्न तथा अन्य समस्या समाधान गर्नको लागि सडक दुर्घटना प्राधिकरण स्थापना गर्न आग्रह गरिएको छ ।

12