Tuesday, April 21

१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी

नेपालअखबार,काठमाडौँ । पछिल्लो १० महिनामा वैदेशिक रोजगारसम्बन्धी १० हजार भन्दा बढी उजुरी परेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८१ को साउनदेखि २०८२ को वैशाख मसान्तसम्ममा चार हजार २९३ उजुरी परेका हुन् ।

ती उजुरीबाट ३० करोड तीन लाख ८९ हजार ६७५ रूपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । ति मध्ये ४६० उजुरीमा मेलमिलाप गरिएको छ । भने १६६ वटा उजुरी अदालतमा मुद्धा दायर गरिएको छ ।

Advertisement

त्यसरी उजुरी दिनेहरूमा वैदेशिक रोजगारीमा ठगी भएको, विदेशमा सम्झौता अनुसार पारिश्रमिक नपाएको, राहत तथा उद्धार लगायतका रहेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फट्र्यौट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकल छुट्टै निर्देशिका तथा कार्यविधि तर्जुमा गर्न लागिएको बताए ।

उजुरीको सम्बन्धमा लिखित जवाफसहित उपस्थित भएका रोजगार व्यवसायी र पीडितबीचमा छलफलको लागि प्राथमिकता निर्धारणको आधारमा समय तय गरी छलफल गरिने बताए ।