Monday, July 27

न्युयोर्कको ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

नेपालअखबार,काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ।

Advertisement

शनिबार राति ८:२६ बजे इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement
Advertisement

पुलमा ठोक्किएपछि जहाजमा सवा १९ जना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाउको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरू सबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।

Advertisement

जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन अवरूद्ध भएको थियो। निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ।

उक्त जहाज मेक्सिकोको नौसेना क्याडेटहरूको तालिमका लागि प्रयोग हुने प्रमुख जहाज रहेको भनिएको छ। यो सन् १९८२ मा स्पेनमा बनेको थियो।

मेक्सिकोको नौसेनाले पनि जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ। जहाजमा २७७ जना सवार थिए।