Tuesday, July 28

सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित

नेपालअखबार,लमजुङ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन्। एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम बैठकको समापनका अवसरमा आज उनी सहित अन्य नेतालाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जिल्ला अध्यक्ष राजकुमार विष्टलगायतले खादा र सम्मानपत्रद्वारा सम्मान   गरेका हुन् ।

Advertisement

नेपाल सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गुरुङ  तत्कालीन सयममा (विसं २०४३) जनपक्षीय उम्मेदवार समेत बनेका थिए । सोही अवसरमा पार्टीले विसं २०४३, २०४९ र  विसं २०५४ मा उम्मेदावर बनेका दुई सय १४ जना पार्टीका नेतालाई सम्मान समेत गरेको थियो  ।

Advertisement
Advertisement

विसं २०३४ देखि राजनीतिमा सक्रिय नेता गुरुङ पार्टीभित्र खरो र प्रष्ट बक्ताका  रूपमा परिचित छन् ।  सञ्चारमन्त्री गुरुङसहित पूर्वजनप्रतिनिधिलाई पार्टीको नीतिअनुसार समाजवादान्मुख समृद्ध नेपालको आधार निर्माण गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको र पार्टी निर्माणमा विगतमा देखाएको क्रियाशीलता, योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जिल्ला अध्यक्ष विष्टले बताए ।

Advertisement