Tuesday, July 28

चार प्रदेशमा बिहानैदेखि वर्षा

नेपालअखबार,काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

Advertisement

साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

चार वटा वायुको प्रभावले आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका भूभागहरूमा वर्षा भइरहको छ।

Advertisement

पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा २३.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीकै लुम्लेमा १३ मिलिमिटर, इलामको जितपुरमा २० मिलिमटर, मकवानपुरको दामनमा १२.८ मिलिमिटर वर्षा मापन भएको छ।

आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आ‌ंशिक बदलीको सम्भावना छ।

कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

मधेस प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

राति कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशलगायत बाँकी तराई भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा पनि राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेस प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराईका भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ।