Tuesday, July 28

मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुन्ने जोकोहिलाई पनि कानुनको दायरमा ल्याउन माग

नेपालअखबार,काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई झैझगडाको निहुँमा कुटपिटगरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन्।

Advertisement

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन्।

Advertisement
Advertisement

‘केही अराजक तत्वहरुले सामाजिक झैझगडलाई लिएर धार्मिक द्वन्द्व फैलाउने हर्कत पटक पटक गरिरहेका छन्, यही सिलसिलामा हिजो सार्लाही पर्सा वडा नम्बर ५ को तसलिम अन्सारीलाई केही व्यक्तिहरुले मारपिट गरि बंगुरको खोरमा थुन्ने जस्तो निच हरकत गरेका छन्,’ खानले भने, ‘देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद हो। जबकी मुस्लिमलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि बर्जित रहेको छ।’

Advertisement

उनले थपे, ‘यसरी पटक-पटक मुस्लिम र दलितमाथिको आस्थामाथि हमला गर्नु कहीँ, कतै स्वीकार्य छैन। यस्ता निच हर्कत गर्ने जोकोहीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कारबाही गरियोस्।’