Saturday, April 18

चीन लगेर नेपाली युवती बेचेको आरोपमा पक्राउ परेका आशिष कारागार चलान

नेपालअखबार,काठमाडौं । चीनको लिपिङमा रहेको छिरिङ डान्सबारमा लगेर नेपाली युवतीलाई बेचेको आरोपमा पक्राउ परेका एक नेपाली युवक कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा आशिष नेपाली परियार भनिने आशिष नेपाली छन् ।

Advertisement

उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ९ वैशाखमा पक्राउ गरेको थियो ।