Tuesday, July 28

हाम्रो पार्टी अध्यक्षमाथि राज्यले प्रतिशोध साध्यो: वरिष्ठ उपाध्यक्ष पाण्डे

नेपालअखबार, काठमाडौँ।नेकपा(एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साँधेको बताउनु भएको छ। उहाँले मन्त्री परिषदले गरेका निर्णयमाथि मुद्धा चलाउदै जाने हो भने विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने चेतावनी दिनु भएको छ।

Advertisement

पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा पाण्डेले मन्त्रिपरिषद्का सबै निर्णय भ्रष्टाचारजन्य मुद्दा बन्न सक्ने बताउनुभयो।

Advertisement
Advertisement

अब कुनै पनि प्रधानमन्त्री वा मन्त्रिपरिषदले महत्वपूर्ण निर्णय नगर्ने बताउँदै उहाँले भन्नुभयो, ‘विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरु सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्। त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरु बच्नेवाला छैनन्। र अर्को कुरा कनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब कुनै ठूलो महत्वपूर्ण निर्णय गर्दैन।’

Advertisement

सरकारले गणतन्त्रको विरोधमा सडकमा उत्रिरहेकाहरुलाई मद्दत पुग्ने गरी काम गरिरहेको उहाँको जिकिर छ। भ्रष्टाचारमा ठूला माछा समात्न सुरु भएको होरु भन्ने प्रश्नमा पाण्डेले भन्नुभयो, ‘जसलाई पनि मुद्दा चलाउँदै हिँड्ने र ठूलो माछो यही हो भन्दै प्रचार गर्ने हो भने यो राज्य व्यवस्था सिद्धिन्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने एकथरी सडकमा उत्रिरहेका छन्, तिनैलाई नै मद्दत गर्ने गरी काम भइरहेको जस्तो लाग्छ।’