Tuesday, July 28

पतञ्जलि प्रकरणमा कुनै बदमासी गरेको छैन: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि प्रकरणमा आफूले कुनै बदमासी नगरेको दाबी गर्नुभएको छ।

Advertisement

बिहिबार रौतहटमा पत्रकारसँग कुरा गर्दै नेपालले उक्त दाबी गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘कसले के लुपहोल राखे होलान्, मलाई त्यसबारे जानकारी भएन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो होला भन्ने मैले कल्पना पनि गरेको थिएन।’

Advertisement
Advertisement

आफूले कुनै अनुचित काम नगरेको र त्यस्तो कामलाई प्रोत्साहन पनि नगरेको उहाँले जिकिर गर्नुभयो। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो,‘अहिलेसम्म के भयो मलाई जानकारीमा छैन। कानुन व्यवसायीसँग परामर्श गर्नुपर्छ।’

Advertisement

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।