Thursday, July 30

विना अनुमति रुख काटेको आरोपमा दरौंदी हाइड्रोका अधिकृत पक्राउ

नेपालअखबार, गोरखा । विना अनुमति राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको आरोपमा बारपाक दरौंदी हाइड्रो प्रालिका जनसम्पर्क अधिकृत कृष्ण पन्थी पक्राउ परेका छन् ।

Advertisement

बारपाक सुलिकोट गाउँपालिका–२ बल्फेस्थित राष्ट्रिय वन क्षेत्रको रुख अनुमति बेगर कटान गरेकाले पक्राउ गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

Advertisement
Advertisement

‘हाइड्रोबाट उत्पादित बिजुली सम्बन्धित ठाउँमा जोड्नका लागि प्रसारण लाइनमा पर्ने रुखहरू कटान गरेका रहेछन्,’ कार्यालयका एक अधिकृतले भने, ‘निजी जग्गाका रुखहरु काट्ने क्रममा राष्ट्रिय वन क्षेत्रका केही रुखहरू पनि  काटेछन् ।’

Advertisement

सूचना पाएलगतै स्थलगत अनुगमन गर्दा राष्ट्रिय वन क्षेत्रमा पर्ने साल, चिलाउने लगायतका जातका रुख काटेको पाइएको उनले बताए ।उनका अनुसार पन्थीलाई २१ जेठमा पक्राउ गरिएको हो । उनीविरुद्ध वन पैदावार हानि नोक्सानी शीर्षकमा मुद्दा दर्ता गरी वन ऐन २०७६ अनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।