Thursday, July 30

अध्यक्ष नेपालमाथि पूर्वाग्रही रूपमा मुद्धा लगाइयो: माईला वावु द्योला

नेपालअखबार,काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) निकट नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरेको छ।

Advertisement

आइतबार संगठनका अध्यक्ष माईला वावु द्योलाले एक विज्ञप्ति जारी गरेर उक्त दाबी गर्नुभएको हो। जारी विज्ञप्तिमा भनिएको छ,‘समकालिन नेपालि कम्यूनिष्ठ आन्दोलनका धरोहर २०४६ र २०६२ ६३ का कमाण्डर एवं राजनितिमा स्वच्छ र निष्कलकित छवि बनाउँदै आउनु आएका हाम्रो पार्टी नेपाल कम्यूनिष्ठ पार्टी। एकीकृत समाजबादी ० का श्रद्धेय अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि कमरेड माधव कुमार नेपालप्रति पछिल्लो समय पताञ्जली जग्गा प्रकरणमा वर्तमान ओली सरकारले देखाएको व्यवहार पुर्वागृहपुर्ण त छनै राजनितिक रुपले षडेन्त्रमुलक एवं दुराशपपुर्ण समेत रहेको हाम्रो ठहर छ।’

Advertisement
Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘आफुभन्दा इंत्तर विचार राख्ने दल तथा नेताहरुप्रति केपि ओलीको असहिष्णु व्यवहार नयाँ होइन तैपनि पछिल्लो समय सत्ताको उन्मादमा उनले देखाउदै आएको तुच्छ व्यवहार उनमा रहदै आएको फासिबादी सोच र चिन्तनको प्रस्फुटन हो भन्ने कुराप्रति कसैमा दुविधा नहोला अख्तियारको आवरणमा ओलीले देखाएको घृष्टताको भत्र्त्सना गर्दै सत्यतथ्यको निरुपण गरी यथाशिघ्र त्यसको निचोड सार्वजनिक गर्न सम्बधित सबैमा अपिल गर्दछौ। साथै नेपालि समाज र राजनितिलाई कलुषित पादै आएको गिरीबन्धु नक्कली भुटानी शरणार्थि भिजिट भिसा यती ओम्नी बतास ७० करोड पानि टैकी पाथिभरा लगायत समस्त आपराधिक प्रकरणहरुको समेत निष्पक्ष जाच गरी सत्यतथ्य जनसमक्ष ल्याउन वर्तमान फासिवादी सरकारलाई कडा चुनौती दिन्छौँ।’

Advertisement