Thursday, July 30

‘ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ’: अध्यक्ष माधव नेपाल

नेपालअखबार,काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक सक्रियता जारी राखेका छन् । उनले आइतबार एकीकृत समाजवादीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गरे । उनले पतञ्जलि जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरे ।

Advertisement

‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदै जाला । मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन । म सुशासनको पक्षपाती हुँ तर, मैमाथि यो किसिमको आरोप लागेको छ र यसको कानुनी उपचार हुन्छ,’ उनले भने, ‘हाम्रा कानुनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ ।’

Advertisement
Advertisement

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बदलाको भावनाले चलेको बताए । ‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ । हामीले भनेका छौं, सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस्,’ उनले भने, ‘अर्को कुरा कार्यकर्तालाई झोले बनाउने काम पनि नगर्नुहोस् । असली कार्यकर्ता उत्पादन गर्नुहोस्, झोले होइन । ओलीजीले बदलाको राजनीति छोड्नुपर्छ । हामीले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा वकालत गर्दै आएका छौं । सरकारलाई हामी खबरदारीसमेत गर्दै आइरहेका छौं ।’

Advertisement