Thursday, October 30

तीनकुने घटनामा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

नेपालअखबार,काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

Advertisement

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो ।

Advertisement

त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा  गर्ने आदेश भएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले  जानकारी दिए ।

उनका अनुसार, प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।