Tuesday, July 21

पेस्तोल र खुकुरीसहित भारतीय नागरिक पक्राउ

नेपालअखबार,झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक थान पेस्तोल र दुई थान खुकुरीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा भारत, पश्चिम बंगालको सिलिगुडीका ३५ वर्षीय जय प्रकाशकुमार पाठक रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमान्डमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ना ७० ग ३२३२ नम्बरको कारलाई नियन्त्रणमा लिएर चेक गरेको थियो।

Advertisement

चेकिङका क्रममा कारको सिटमुनि लुकाएर राखिएको मेक इन इन्डिया लेखिएको कालो रङको म्याग्जिनसहितको एअर पेस्तोल एक थान, एअर बुलेट पाँच राउन्ड र खुकुरी दुई थान बरामद गरिएको हो।